मिति २०७९ भदौ ०८ गतेका दिन चितवनमा "खेलकुदमा प्रतिबन्धित औषधि सेवन तथा विधि विरुद्धको अन्तरक्रिया कार्यक्रम" सम्पन्न भयो । युवा तथ खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीज्यूको अध्यक्षता, भरतपुर महानगरपालिकाका उपप्रमुख श्री चित्रसेन अधिकारीज्यूको प्रमुख आतिथ्यता, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्री उत्तम गुरुङज्यूको आतिथ्यता, मन्त्रालयका कर्मचारीहरुको उपस्थिति तथा खेलाडी, खेल प्रशिक्षक, चिकित्सक, खेलपत्रकारहरुको सहभागीतामा सञ्चालित उद्घाटन सत्रमा उपमेयर श्री चित्रसेन अधिकारीज्यूले सम्बोधन गर्नु भएको थियो भने अन्तरक्रियात्मक सत्रमा मन्त्रालयका सचिव डा. दामोदर रेग्मीज्यू र राष्ट्रिय खेलकुद परिषद्का Anti-doping विज्ञ डा. ज्ञानेन्द्र विक्रम शाहज्यूले सहजिकरण गर्नु भएको थियो । मन्त्रालयका उपसचिव श्री शान्तिबहादुर बस्नेतज्यूले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।