भौतिक पूर्वाधार सम्बन्धी छलफल

Government of Nepal
None
Government of Nepal
मिति २०८१ भाद्र ७ गते युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा माननीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चाैधरीज्यूले काठमाडौकाे मूलपानीस्थित क्रिकेट मैदानको भौतिक पूर्वाधार,काेशी प्रदेशकाे विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला रंगशालाको भौतिक पूर्वाधारका लागि तयार गरिएको मास्टर प्लान (गुरू योजना)बारे नेपाल क्रिकेट संघ, राष्ट्रिय खेलकुद परिषद्, राष्ट्रिय योजना आयोगका पदाधिकारी तथा मन्त्रालयका सचिवलगायतसँग तोकिएकै समयम बनाउने गरी छलफल गर्नु भयो। छलफलमा मूलपानीलगायतका प्रदेशमा भएका खेलकुदका भौतिक पूर्वाधारहरू समयमै सक्‍ने गरी पक्रिया अगाडि बढाउन मन्त्रीज्यूले निर्देशन दिनु भयाे। साथै आइतबारसम्म अर्थात भदौ ९ गतेसम्म मूलपानीलगायतको मास्टर प्लानको डिजाइनसहितको पूरा प्याकेज उपलब्ध गराउन समेत निर्देशन दिनु भयाे।
Government of Nepal