अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी तथा अफिसियललाई पुरस्कार वितरण कार्यक्रम

Government of Nepal
None
Government of Nepal
None
Government of Nepal
None
Government of Nepal
None
Government of Nepal
None
Government of Nepal
नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले आज विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक तथा अफिसियललाई नेपाल सरकार, मन्त्रिपरिषद्‌‌को मिति २०८१/१/२७ को निर्णयानुसार कुल २ करोड ९७ लाख १० हजार नगद पुरस्कार सहित सम्मान गरिएको छ। * आइसीसी टी–२० विश्वकप क्रिकेट एशिया क्वालीफायरमा दोस्रो हुदै विश्व कपमा छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई जनही १३ लाख प्रदान, कुल २ करोड ४ लाख ७५ हजार प्रदान गरेको छ । * १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक विजेता एरिका गुरूङलाई १९ लाख ५० हजार प्रदान, कराते टिमलाई कुल २५ लाख ३५ हजार प्रदान गरेको छ । * १९ औं एसियाली खेलकुदमा ऐतिहासिक कास्य पदक विजेता महिला राष्ट्रिय कबड्डी टिमका प्रत्येक खेलाडीलाई ३ लाख ९० हजार प्रदान, १९ सदस्यीय टिमलाई ५२ लाख‌ प्रदान प्रदान गरेकोछ । *चौथो एसियाली पारा खेलकुदमा ऐतिहासिक कास्य पदक विजेता पलेशा गोवर्धनलाई १३ लाख प्रदान, पारा तेक्वान्दो टिमलाई कुल १६ लाख ९० हजार प्रदान गरेको छ ।
Government of Nepal