युवा तथा खेलकुदसँग सम्बन्धित विषयगत समितिको वैठक तथा अन्तरक्रियात्मक कार्यक्रम

Government of Nepal
None
Government of Nepal
None
Government of Nepal
None
Government of Nepal
None
Government of Nepal
मिति २०७९ साल श्रावण १३ गतेका दिन संघ, प्रदेश र स्थानीय तह बीच (समन्वय तथा अन्तरसम्बन्ध) ऐन २०७७ मा व्यवस्था भए अनुसारको युवा तथा खेलकुदसँग सम्बन्धित विषयगत समितिको वैठक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भयो । माननीय युवा तथा खेलकुद मन्त्री श्री महेश्‍वर जंग गहतराज (अथक) ज्यूको अध्यक्षता तथा प्रदेशका माननीय मन्त्रीज्यूहरु, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीज्यू, प्रदेशका सचिवज्यूहरु, प्रदेश खेलकुद परिषद्का सदस्यसचिवज्यूहरु समेतको उपस्थितिमा सञ्‍चालित कार्यक्रममा मन्त्रालयका सहसचिव एवं समितिका सचिव श्री विदुर प्रसाद खनालज्यूले स्वागत मन्तव्य दिनुभएको थियो भने मन्त्रालयका सचिव डा. दामोदर रेग्मीज्यूले कार्यक्रमको उद्देश्यमाथि प्रकाशन पार्नु भएको थियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव श्री टंकलाल घिसिङज्यूले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तथा व्यवस्थापनका बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो भने प्रदेशका माननीय मन्त्रीज्यूहरुले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बारेमा आ-आफ्नो धारणा समेत व्यक्त गर्नु भएको थियो । मन्त्रालयका उपसचिव श्री यमेन्द्र उपाध्यायज्यूले कार्यक्रम सञ्‍चालन गर्नु भएको थियो ।
Government of Nepal