पाल्पा जिल्लाको सेन उ.मा.विमा मानवता प्रवर्द्धनका लागि युवा विद्यार्थी सचेतना कार्यक्रम

Government of Nepal
None
Government of Nepal
None
Government of Nepal
मिति २०७८ चैत्र २३ गते पाल्पा स्थित सेन उच्च मा.वि.का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण अधिकारीज्यूको अध्यक्षतामा, प्रमुख अतिथि मन्त्रालयका सचिव डा. दामोदर रेग्मीज्यू, मन्त्रालयका उपसचिव श्री यमेन्द्र उपाध्यायज्यू, सेन उच्च मा.विका शिक्षकहरु तथा अन्य पदाधिकारी लगायत मन्त्रालयका शाखा अधिकृत श्री नरेश पुडासैनीज्यू, र युवा विद्यार्थीहरुको सहभागितामा मानवता प्रवर्द्धनका लागि युवा विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा मन्त्रालयका सचिव डा. दामोदर रेग्मीज्यूले मन्त्रालयको जानकारी सहित मानवता प्रवर्द्धनमा युवाहरुको भूमिकाबारेमा सहजिकरण गर्नु भयो भने मन्त्रालयका उपसचिव श्री यमेन्द्र उपाध्ययले मन्त्रालयको विस्तृत जानकारी सहित मानवता प्रवर्द्धनका उद्देश्यमा सहजिकरण गर्नु भयो र विश्वविद्यालयबाट उपस्थित स्रोत व्यक्ति भानुभक्त पौडेलज्यूले जिवन कला विज्ञानको विषयमा प्रस्तुतिकरण गर्नु भयो ।