युवा तथा खेलकुद सम्बन्धी विषयगत समितिको वैठक तथा प्रदेश स्तरीय कार्यक्रमहरुको समन्वय, सहजिकरण र अन्तरक्रियात्मक कार्यक्रम

Government of Nepal
None
Government of Nepal
None
Government of Nepal
None
Government of Nepal
None
Government of Nepal
None
Government of Nepal
मिति २०७८ चैत्र ११ गते नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा युवा तथा खेलकुद सम्बन्धी विषयगत समितिको वैठक तथा प्रदेश स्तरीय कार्यक्रमहरुको समन्वय, सहजिकरण र अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भयो । माननीय युवा तथा खेलकुद मन्त्री एवं विषयगत समितिका अध्यक्ष श्री महेश्वर जंग गहतराज (अथक) ज्यूको अध्यक्षता तथा युवा तथा खेलकुद सम्बन्धी प्रदेशका माननीय मन्त्रीज्यूहरु, सम्बन्धित मन्त्रालयका सचिवज्यूहरु, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिवज्यू, मन्त्रालय मातहतका ४ वटै निकायका पदाधिकारीज्यूहरु लगायत मन्त्रालयका कर्मचारीज्यूहरुको उपस्थितिमा सञ्चालित कार्यक्रमको पहिलो सत्रमा मन्त्रालयका सचिव डा.दामोदर रेग्मीज्यूले स्वागत मन्तव्य दिनुभएको थियो भने मन्त्रालयको तर्फबाट सहसचिव श्री लक्ष्मी प्रसाद भट्टराईज्यू र प्रदेशको तर्फबाट सम्बन्धीत प्रदेशका सचिवज्यूहरुले प्रस्तुति दिनु भएको थियो । मन्त्रालयका सचिव डा. दामोदर रग्मीज्यूले सञ्चालन तथा सहजिकरण गर्नु भएको दोस्रो सत्रको विषयगत समितिको वैठकमा युवा तथा खेलकुद सम्बन्धी सम्बन्धित प्रदेशका माननीय मन्त्रीज्यूहरुले वैठकका ऐजेन्डामा आ-आफ्नो धारणा राख्नु भएको थियो भने १४ बुँदा निर्णय सहित वैठकका अध्यक्ष एवं माननीय युवा तथा खेलकुद मन्त्री श्री महेश्वर जंग गहतराज (अथक) ज्यूले वैठकको समापन गर्नु भएको थियो ।
Government of Nepal
None