गण्डकी प्रदेशमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय पदक विजेता खेलाडीहरु बीच अन्तरक्रिया कार्यक्रम

Government of Nepal
None
Government of Nepal
None
Government of Nepal
मिति २०७८ फागुन २६ गतेका दिन पोखरामा "अन्तर्राष्ट्रिय तथा राष्ट्रिय पदक विजेता खेलाडीहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । युवा तथ खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीज्यूको अध्यक्षता, माननीय युवा तथा खेलकुद मन्त्री श्री महेश्‍वर जंग गहतराज (अथक) ज्यूको प्रमुख आतिथ्यता तथा मन्त्रालयका सहसचिव श्री लक्ष्मी प्रसाद भट्टराईज्यू, राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, कास्की जिल्ला खेलकुद विकास समितिका पदाधिकारीज्यूहरु लगायत मन्त्रालयका कर्मचारीहरुको उपस्थिति तथा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय पदक विजेता खेलाडी, गण्डकी प्रदेश अन्तरगतका अन्य खेलाडीहरु, खेल प्रशिक्षकहरुको सहभागीतामा सञ्चालित उद्घाटन सत्रमा माननीय मन्त्रीज्यू र श्रीमान् सचिवज्यूले सम्बोधन गर्नु भएको थियो भने मन्त्रालयका सहसचिव श्री लक्ष्मी प्रसाद भट्टराईज्यूको अध्यक्षामा सञ्चालित अन्तरक्रियात्मक सत्रमा राष्ट्रिय खेलकुद परिषद्का खेलकुद विज्ञ श्री सुलोचना सिजख्वा र पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका निर्देशक श्री कृष्ण तिमिलसिना सहजिकरण गर्नु भएको थियो ।
Government of Nepal