मानवता प्रवर्द्धनका लागि युवा विद्यार्थी सचेतना कार्यक्रम

Government of Nepal
None
Government of Nepal
None
Government of Nepal
None
Government of Nepal
मिति २०७८ फागुन १० र ११ गते नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा काठमाडौं स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा विद्यालयको प्र.अ. श्री नातिकाजी महर्जनको अध्यक्षता, मन्त्रालयका उपसचिव श्री यमेन्द्र उपाध्याय, मानव सेवा आश्रमका देबेश प्रसाद र नेपाल स्काउटका सहायक निर्देशक श्री प्रदिप बगाले, मन्त्रालयका कम्प्युटर अपरेटर मनोज कुमार मगर र श्रीकृष्ण खकुरेल र विद्यालयको विद्यार्थीहरुको सहभागितामा मानवता प्रवर्द्धनका लागि युवा विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा मन्त्रालयका उपसचिव श्री यमेन्द्र उपाध्ययले मन्त्रालयको विस्तृत जानकारी सहित मानवता प्रवर्द्धनमा युवाहरुको भूमिका के छन् भन्ने विषयमा सहजिकरण गर्नु भयो भने नेपाल स्काउटका सहायक निर्देशक श्री प्रदिप बगालेले नेपाल स्काउटको जानकारी सहित स्काउटिङले मानवता प्रवर्द्धनमा नेपाल स्काउट के कसरी अगाडि बढेको छ भन्ने कुरा जानकारी गराउनु भयो । मानव सेवा आश्रमका श्री देबेश प्रसादले विद्यार्थीहरुलाई मानवता प्रवर्द्धनमा युवाहरुको भूमिका र हालको स्थितिबारे जानकारी गराउनु भयो ।
Government of Nepal