खेलकुदमा प्रतिवन्धित औषधि एवं विधि विरुद्धको सचेतना कार्यक्रम

Government of Nepal
None
Government of Nepal
None
Government of Nepal
मिति २०७८ माघ २८ गतेका दिन युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा खेलकुदमा प्रतिवन्धित औषधि एवं विधि विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भयो । राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभाका निर्देशक श्री अर्जुन बहादुर विक को अध्यक्षता र युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीज्यूको प्रमुख आतिथ्यतामा संचालित यस कार्यक्रममा मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र Anti doping Steering Committee का सदस्य समेत रहनु भएका विशेषज्ञ डा. सरोजकृष्ण श्रेष्ठले सहजिकरण गर्नु भएको थियो । राष्ट्रिय खेलकुद परिषद् र अन्तरगतका निकायका पदाधिकारी र कर्मचारीहरु, नेपाल भलिबल संघ र नेपाल क्रिकेट संघका अन्य खेल विधाहरुका पदाधिकारी, खेलाडी, प्रशिक्षक, अफिसियलहरु सम्मिलित यस कार्यक्रममा मन्त्रालयका सहसचिव डा. कमल प्रसाद पोख्रेलले स्वागत मन्तव्य र कार्यक्रम संचालन मन्त्रालयका उपसचिव श्री शान्तिबहादुर वस्नेतले गर्नु भएको थियो ।
Government of Nepal