खेलकुदमा लैंगिक हिंसा विरुद्धको सचेतना कार्यक्रम

Government of Nepal
None
Government of Nepal
मिति २०७८ माघ २७ गते, विहिवारका दिन नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा खेलकुदमा लैंगिक हिंसा विरुद्धको सचेतना कार्यक्रम राष्ट्रिय खेककुद परिषद् तालिम तथा प्रशिक्षण विभागको सभाहल, सातदोबाटोमा सम्पन्न भयो । मन्त्रालयका सचिव डा. दामोदर रेग्मीको प्रमुख आतिथ्यता र राष्ट्रिय खेलकुद परिषद, तालिम तथा प्रशिक्षण विभागका निर्देशक श्री अर्जुन बहादुर वि.क को अध्यक्षतामा संचालित यस कार्यक्रममा मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेककुद परिषद का खेलकुद विज्ञहरु श्री रिता प्रजापति र श्री सुलोचना सिजख्वाले सहजिकरण तथा प्रस्तुतिकरण गर्नु भएको थियो ।राष्ट्रिय खेलकुद परिषद् र अन्तरगतका पदाधिकारीहरु तथा कर्मचारीहरु, नेपाल भलिबल संघ र नेपाल क्रिकेट संघका पदाधिकारीहरु, विभिन्न् विधाका खेलाडी, प्रशिक्षक तथा अफिसियलहरु सम्मिलित यस कार्यक्रममा स्वागत मन्तव्य मन्त्रालयका उपसचिव श्री शान्तिबहादुर बस्नेतले र कार्यक्रमको संचालन शा.अ. श्री प्रमिला खरेलले गर्नु भएको थियो ।
Government of Nepal