NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ ञलागा आमै - ३०

ACC U-16 इस्ट जोन कप प्रतियोगितामा विजेता क्रिकेट टिमलाई बधाई तथा स्वागत र अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा पदक प्राप्त खेलाडी, सहभागी प्रशिक्षक, सहायक प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मानपत्र वितरण कार्यक्रम

None
None
मिति २०८२ असार २५ गते सम्माननीय प्रधानमन्त्री एवम् राष्ट्रिय खेलकुद परिषद्का संरक्षक श्री केपी शर्मा ओलीज्यूको प्रमुख आतिथ्यता तथा माननीय युवा तथा खेलकुद मन्त्री श्री तेजु लाल चौधरीज्यूको अध्यक्षतामा सम्माननीय प्रधामन्त्रीज्यूको मुख्य सल्लाहकार, मन्त्रालयका पदाधिकारीहरु, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरु, नेपाल उसु संघ, नेपाल भलिवल संघ, कवड्डी संघ र नेपाल क्रिकेट संघका पदाधिकारीहरु, सम्मानीत हुने खेलाडी, प्रशिक्षक तथा अफिसियलहरु, पत्रकारहरुको सहभागितामा प्रधानमन्त्री निवास, बालुवाटारमा ACC U-16 इस्ट जोन कप प्रतियोगितामा विजेता क्रिकेट टिमलाई बधाई तथा स्वागत र अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा पदक प्राप्त खेलाडी, सहभागी प्रशिक्षक, सहायक प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मानपत्र वितरण कार्यक्रम सम्पन्न भयो । क. मितिः २०८२ आषाढ ८ देखी २१ (तदनुसार जुन २२- जुलाई ५, २०२५) सम्म मलेसियामा आयोजना भएको एसीसी यु-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा फाइनल खेलमा सिंगापुरलाई हराएर एसीसी यु-१६ इस्ट जोन कपको उपाधि जित्न सफल भई बधाई तथा स्वागत पाउनुहुने खेलाडी, प्रशिक्षक र अफिसियलहरुको विवरण देहायबमोजिम रहेको छः १ विपिन प्रसाद शर्मा-खेलाडी २ सुर्यान्सु कोईराला -खेलाडी ३ सिवांस बजगाईँ-खेलाडी ४ परिमार्जन यादव-खेलाडी ५ रौनक श्रीवास्तव-खेलाडी ६ अभय यादव-खेलाडी ७ सचिन भट्ट-खेलाडी ८ सुगम बुढाथोकी-खेलाडी ९ सुयोग भट्टराई-खेलाडी १० सुशिल बहादुर रावल-खेलाडी ११ सुभम खनाल-खेलाडी १२ प्रसिद्ध जैशी-खेलाडी १३ रोशन शाही-खेलाडी १४ जोय थापा-खेलाडी १५ दिपेन्द्र बहादुर चन्द-प्रशिक्षक १६ पुरन सिंह खत्री-सहायक प्रशिक्षक १७ संजय बस्नेत-म्यानेजर १८ उदय प्रकाश शाह-सपोर्ट स्टाफ १९ पुर्न बहादुर तिरुवा-फिजियो ख. मिति २०८१ असोज २० देखि २६ गतेसम्म श्रीलंका भलिवल सङ्‍घको आयोजनामा श्रीलंकामा भएको CAVA U20 Men’s Volleyball Championship 2024 प्रतियोगितामा नेपालको राष्ट्रिय पुरुष भलिवल टिमले द्वितीय स्थान हासिल गरी रजत पदक प्राप्त गर्न सफल भएका देहायका खेलाडीहरुलाई जनही नगद पुरस्कार रु.३,००,०००/- सहित सम्मानपत्र) मुख्य प्रशिक्षकलाई नगद पुरस्कार रु.२,००,०००/- सहित सम्मानपत्र, सहायक प्रशिक्षकलाई नगद पुरस्कार रु.१,२०,०००/- सहित सम्मानपत्र र व्यवस्थापकलाई नगद पुरस्कार रु.१,२०,०००/- सहित सम्मानपत्र प्रदान गरियो । १ अर्जुन नेपाली- खेलाडी २ पहल गहतराज- खेलाडी ३ अशोक राना- खेलाडी ४ शैलेन्द्र यादव- खेलाडी ५ सुर्य वि.क.- खेलाडी ७ सुरेश मल्ल - खेलाडी ८ विश्‍वास अधिकारी-खेलाडी ९ लेसमन राहादी-खेलाडी १० सागर रसौली-खेलाडी ११ सुजन सुनार-खेलाडी १२ दिपेश कुंवर-खेलाडी १३ रमेश के.सी.-मुख्य प्रशिक्षक १४ लाल बहादुर बटाला-सहायक प्रशिक्षक १५ गणेश सिंह ठगुन्ना- व्यवस्थापक ग. मिति २०८१ कार्तिक ७ देखि १२ सम्म जापान उसु ताईजी महासङ्‍घको आयोजनामा जापानमा भएको 3rd Taolu World Cup, 2024 मा नेपालका राष्ट्रिय खेलाडी श्री विजय सिंजालीले कास्य पदक हासिल गर्न सफल भएकोले नगद पुरस्कार रु.६५,००,०००/- सहित सम्मानपत्र प्रदान गरियो । घ. मिति २०८१ फागुन २० देखि २५ गतेसम्म इरानमा आयोजना भएको 6th Asian Kabaddi Championship (Women), 2025 मा नेपाली महिला कबड्डी टोलीले कास्य पदक हासिल गर्न सफल भएकोले देहायका खेलाडीहरुलाई जनही नगद पुरस्कार रु.१,५०,०००/- सहित सम्मानपत्र र टिम प्रशिक्षकलाई नगद पुरस्कार रु.९०,०००/- सहित सम्मानपत्र प्रदान गरियो । १ मानमति विष्ट- खेलाडी २ जयन्ती वडु - खेलाडी ३ गंगा घिमिरे- खेलाडी ४ रविना चौधरी- खेलाडी ५ सृजना कुमारी थारु- खेलाडी ६ आस्मा यादव- खेलाडी ७ मनिषा जोशी- खेलाडी ८ निशा खत्री- खेलाडी ९ निशा बोहरा- खेलाडी १० विनिता पण्डित क्षेत्री- खेलाडी ११ हरिना थापा- टिम प्रशिक्षक