NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ ञलागा आमै - ३०

खेलकुदमा प्रतिबन्धित औषधी सेवन एवं विधि विरुद्धको सचेतना कार्यक्रम २०८२ जेष्ठ २६ गते

None
None
None
युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा मिति २०८२ जेष्ठ २६ गते सातदोबाटो स्थित खेलकुद परिसरमा खेलकुदमा प्रतिबन्धित औषधी सेवन विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारी विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकहरु सहभागी भएका थिए । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री माननीय तेजुलाल चौधरीज्यू, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङज्यू, मन्त्रालयका सह–सचिव श्री रामचरित्र मेहताज्यू, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रजिष्ट्रार डा. ज्ञानेन्द्रविक्रम शाहज्यू, राष्ट्रिय एन्टिडोपिङ एजेन्सीका संयोजक डा. असिम भण्डारीज्यू, मन्त्रालयका पदाधिकारीज्यूहरु तथा राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टलगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा डा. ज्ञानेन्द्र विक्रम शाह र डा. असिम भण्डारीले सहजिकरण गर्नुभएको थियो ।