मिति २०८१ माघ ९ गते माननीय युवा तथा खेलकुद मन्त्री श्री तेजुलाल चौधरीज्यूको अध्यक्षता, मन्त्रालयका सचिव डा. हरि प्रसाद लम्सालज्यू, मन्त्रालयका सहसचिव श्री सुवास चन्द्र शिवाकोटीज्यू, मन्त्रालयका कर्मचारीहरु लगायत खेलाडी, प्रशिक्षक र सम्बद्ध खेलका पदाधिकारीज्यूको समुपस्थितिमा खो खो विश्वकप २०२५ उपविजेता नेपाली खेलाडीहरुलाई बधाई तथा स्वागत कार्यक्रम मन्त्रालयको सभाहलमा सम्पन्न भयो ।