मिति २०८१ वैशाख ३० गते माननीय युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठज्यूको अध्यक्षतामा बसेको विषयगत समितिको बैठक सम्पन्न भयो ।
विषयगत समितिको बैठक-२०८१ मा भएका निर्णयहरु
१. प्रस्तुत कार्यसूची उपर छलफल भयो।
२. खेलकुद पूर्वाधारको निर्माण, व्यवस्थापन र सञ्चालनको संघ, प्रदेश र स्थानीय तहमा वर्गिकरण गरी स्वामित्व हस्तान्तरणको लागि प्रदेश सरकारसँग समन्वय गर्ने र खेलकुद पूर्वाधार वर्गिकरण समितिले पेश गरेको प्रतिवेदन स्वीकृत भएपछि कार्यान्वयनका लागि तीनै तहमा लेखि पठाउने।
३. मन्त्रालय अन्तर्गतका राष्ट्रिय खेलकुद परिषद, राष्ट्रिय युवा परिषद, नेपाल स्काउट र युवा तथा साना व्यवसायी स्वरोजगार कोषलाई संघीयता अनुकुल हुने गरी शासकीय प्रवन्ध मिलाउने ।
४. राष्ट्रिय युवा नीति/राष्ट्रिय खेलकुद नीतिको मस्यौदामा प्रदेश स्तरबाट प्राप्त सुझाव समावेश गरी अन्तिम रुप दिने।
५. राष्ट्रिय युवा परिषद ऐन, २०७२ को जिल्ला युवा समिति गठन भई क्रियाशील रहेको र प्रदेश कानून बमोजिम पनि जिल्ला युवा समितिको व्यवस्था हुँदा दोहोरो संरचना रहेको हुँदा सो सम्बन्धमा दोहोरो संरचना हटाउन कानून परिमार्जन गर्न सुझाव दिने।
६. दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता, २०८१ र प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता प्रस्तावित समयमा नै सम्पन्न गर्न नेपाल सरकारमा अनुरोध गर्ने।
७. दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनमा राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषदको भूमिका सम्बन्धमा प्रदेश खेलकुद परिषदको प्रतिनिधि सहित छलफलबाट अन्तिम रुप दिन सुझाव दिने।
८. नेपाल स्काउटमा आवद्ध स्काउटरहरुको तालिम, परिचालन, मानवीय ज्ञान प्रवर्द्धन गर्न प्रदेश सरकार र स्थानीय तहबाट सहयोग र सहजीकरण गर्ने।