मिति २०७९ जेष्ठ २६ गतेका दिन बाग्मती प्रदेशको हेटौंडामा "अन्तर्राष्ट्रिय/ राष्ट्रिय पदक विजेता खेलाडी र अन्य खेलाडीहरु बीच अन्तरक्रिया कार्यक्रम" सम्पन्न भयो । नेपाल सरकार युवा तथ खेलकुद मन्त्रालयका सहसचिव श्री लक्ष्मी प्रसाद भट्टराईज्यूको अध्यक्षता, बाग्मती प्रदेशका माननीय युवा तथा खेलकुद मन्त्री श्री रत्न ढकालज्यूको प्रमुख आतिथ्यता तथा मन्त्रालयका सचिव श्री ध्रुव गैडाज्यू, बाग्मती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव श्री सूर्यलाल भण्डारीज्यू, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्री भेष खड्कीज्यू तथा बाग्मती प्रदेश अन्तरगतका खेलकुद सम्बन्धि निकायका पदाधिकारीज्यूहरु लगायत मन्त्रालयका कर्मचारीहरुको उपस्थिति तथा खेलाडी, खेल प्रशिक्षकहरुको सहभागीतामा सञ्चालित उद्घाटन सत्रमा माननीय युवा तथा खेलकुद मन्त्रीज्यूले सम्बोधन गर्नु भएको थियो भने अन्तरक्रियात्मक सत्रमा मन्त्रालयका सहसचिवज्यू, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिवज्यू र सहजकर्ता भरत बहादुर शाहज्यूले सहजिकरण गर्नु भएको थियो । मन्त्रालयका उपसचिव श्री शान्तिबहादुर बस्नेतज्यूले सञ्चालन गर्नु भएको थियो ।