मिति २०७९ जेष्ठ १२ गते ललितपुर जिल्लाको जुगल मा.वि मा मन्त्रालयका सचिव डा. दामोदर रेग्मीज्यूको प्रमुख आतिथ्यता, विद्यालयका प्र.अ श्री इश्वर के.सीज्यूको अध्यक्षता,मानव सेवा आश्रमका अध्यक्ष श्री रामजी अधिकारीज्यूको आतिथ्यता, मन्त्रालयका उपसचिव श्री यमेन्द्र उपाध्यायज्यू, शाखा अधिकृत श्री नरेश पुडासैनीज्यू, क.अ. मनोज कुमार मगरज्यू लगायत विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरुको बीच मानवता प्रवर्द्धनका लागि युवा विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न भयो ।