अखिल नेपाल फुटबल संघको आयोजनामा हुन गइरहेको Martyr's Memorial "B" Division League 2078 को उद्घाटन समारोह मिति २०७८ फागुन १८ गतेका दिन विहान ९.३० बजे नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीज्यूबाट फुटबल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गर्नु भयो । सो समारोहमा अखिल नेपाल फुटबल संघका अध्यक्ष लगायत संघका पदाधिकारी, पत्रकार तथा मन्त्रालयका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।