मिति २०७८ माघ २८ गतेका दिन युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा खेलकुदमा प्रतिवन्धित औषधि एवं विधि विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भयो । राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभाका निर्देशक श्री अर्जुन बहादुर विक को अध्यक्षता र युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीज्यूको प्रमुख आतिथ्यतामा संचालित यस कार्यक्रममा मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र Anti doping Steering Committee का सदस्य समेत रहनु भएका विशेषज्ञ डा. सरोजकृष्ण श्रेष्ठले सहजिकरण गर्नु भएको थियो । राष्ट्रिय खेलकुद परिषद् र अन्तरगतका निकायका पदाधिकारी र कर्मचारीहरु, नेपाल भलिबल संघ र नेपाल क्रिकेट संघका अन्य खेल विधाहरुका पदाधिकारी, खेलाडी, प्रशिक्षक, अफिसियलहरु सम्मिलित यस कार्यक्रममा मन्त्रालयका सहसचिव डा. कमल प्रसाद पोख्रेलले स्वागत मन्तव्य र कार्यक्रम संचालन मन्त्रालयका उपसचिव श्री शान्तिबहादुर वस्नेतले गर्नु भएको थियो ।