मिति २०७८ पौष १२ गतेका दिन युवा तथा खेलकुद मन्त्रालयमा "खेलकुदमा प्रतिबन्धित औषधि सेवन तथा विधि विरुद्ध (Anti-doping in Sports) को सचेतना कार्यक्रम सम्पन्न भयो । नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडीहरु सो सँग सम्वद्ध प्रशिक्षक, व्यवस्थापकहरु सहभागी भएका यस कार्यक्रममा डा. सरोजकृष्ण श्रेष्ठ (Anti-doping Specialist) ले खेल क्षेत्रमा प्रतिबन्धित औषधि सेवन र विधिहरु, यसका तत्कालिन तथा दीर्घकालिन प्रभावका बारेमा र मन्त्रालयका सचिव डा. दामोदर रेग्मीज्यूले Anti-doping का नीतिगत, कानूनी व्यवस्था, मन्त्रालयका प्रयास तथा आगामी दिनमा मन्त्रालयले चाल्नु पर्ने कदमको बारेमा आफ्नो प्रस्तुति दिनु भएको थियो ।