माल्दिभ्स फुटबल संघको आयोजनामा माल्दिभ्सको मालेमा अक्टोबर १ देखि १६ २०२१, (तदनुसार मिति २०७८ असोज १५ देखि ३० गते) सम्म सम्पन्न १३ औं संस्करणको साफ च्याम्पियनशिप (South Asian Football Federation Championship-2021 SAFF) मा नेपाली राष्ट्रिय फुटबल टिम उपविजेता हुन सफल भएकाले नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयबाट सम्माननीय प्रधनमन्त्री श्री शेर बहादुर देउवाज्यूको प्रमुख आतिथ्यतामा मिति २०७८ पौष ०६ गते २३ जना खेलाडीहरुलाई जनही रु. ५ लाख, प्रशिक्षकहरुलाई जनही रु. ३ लाख सहित सम्मान-पत्र र अफिसियलहरुलाई सम्मान-पत्रद्वारा सम्मान गर्ने कार्य सम्पन्न भयो । साथै उक्त कार्यक्रमको अध्यक्षता माननीय युवा तथा खेलकुद मन्त्री श्री महेश्वर जंग गहतराज (अथक) ज्यूबाट भएको थियो भने उक्त कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीद्वारा उपस्थित प्रमुख अतिथि लगायतका उपस्थित महानुभावहरुलाई स्वागत गर्नु भएको थियो ।कार्यक्रमको संचालन मन्त्रालयका सहसचिव श्री विष्णुराज ढकालज्यूले गर्नु भएको थियो । कार्यक्रममा एन्फा अध्यक्ष श्री कर्मा छिरिङ शेर्पाज्यूले एन्फाको तर्फबाट कार्यक्रमका प्रमुख अतिथिज्यू र अतिथिज्यूहरुलाई मायाको चिनो समेत प्रदान गर्नु भएको थियो ।