प्रेस विज्ञप्ति

युवा तथा साना व्यवसायी स्वरोजगार कोषका नवनियुक्त उपाध्यक्ष डा. देवराज रोकाले आज मन्त्रालयमा माननीय मन्त्री श्री जगत बहादुर सुनार (विश्वकर्मा) ज्यू समक्ष पद तथा गोपनियताको सपथ लिनु भयो ।

 

मन्त्रालयका सचिव श्री राम प्रसाद थपलियाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर श्री चिन्तामणी शिवाकोटीले नव नियुक्त उपाध्यक्ष डा. देवराज रोकालाई नयाँ जिम्मेवारीका लागि शुभकामना दिनुहुँदै राष्ट्र बैंकका तर्फबाट कोषका कृयाकलापहरुलाई अघि बढाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुँदै कोषको मर्म र भावना बुझेर युवाहरुको हृदयमा छाप छोड्ने गरी कार्य गर्न सफलता मिलोस् भन्नु भयो ।

 

सो अवसरमा नवनियुक्त उपाध्यक्षले कोषको लगानीलाई लक्षित वर्ग/समुदाय सम्म पुर्‍याउन दृढताका साथ लाग्ने धारण राख्नु भयो ।

 

सपथ कार्यक्रममा माननीय मन्त्रीज्यूले सफल कार्यकालका लागि शुभकामना दिनुहुँदै नेपाल सरकारको साथ र सहयोग रहेकोले दृढतापूर्वक कोषको सञ्चालन र व्यवस्थापनमा तत्काल लाग्न निर्देशन दिनु भयो ।

 

मिति २०७७।०५।०१ को मन्त्रिपरिषद्को निर्णयानुसार नियुक्त उपाध्यक्षको ४ वर्षको कार्यकाल रहने गरी आजैबाट जिम्मेवारी वहन गर्नु भएको छ।

AttachmentSize
PDF icon IMG_20200819_0005.pdf657.87 KB