शिष्टाचार भेट

मिति २०७४ श्रावण २० गते तुर्केमिनिस्तान का महामहिम राजदुत श्री Parakhat H.durdyev  ले युवा तथा खेलकुद मन्त्री माननीय श्री राजेन्द्र कुमार के.सी ज्यूको कार्यकक्षमा शिष्टाचार भेट गर्नु भयो । भेटको अवसरमा द्विपक्षीय सम्वन्ध थप प्रगाढ बनाउन युवा तथा खेल गतिविधिमा सहकार्य गर्न सकिने विषय कुराकानी भयो र भेटमा युवा तथा खेलकुद मन्त्रालयका सचिव श्रीमान् महेश प्रशाद दहाल र परराष्ट्र मन्त्रालयका प्रतिनिधि उपस्थित हुनुहुन्थ्यो ।
साथै दुई देशबीच युवा आदान–प्रदानका लागि समझदारी – ( MoU )  को प्रक्रिया अगाडि बढाउने बिषयमा सकारात्मक रुपमा छलफल भयो । 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.