राष्ट्रिय युवा प्रतिभा सम्मान सम्बन्धी सूचना चालु आ.व.२०७४।०७५

युवा तथा खेलकुद मन्त्रालयको

राष्ट्रिय युवा प्रतिभा सम्मान सम्बन्धी सूचना

यस मन्त्रालयबाट प्रत्येक वर्षप्रदान गरीने राष्ट्रिय युवा प्रतिभा सम्मान चालु आ.व.२०७४।०७५ का लागि देहाय बमोजिमका युवा तथा युवाले नेतृत्व गरेका संस्थाहरु छनौट भएको ब्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरोध छ।छनौट हुनु भएका युवा तथा संस्थाहरुका सम्बन्धमा सम्मान प्रदान नगर्न पर्ने कुनै कारण भए मिति २०७४ श्रावण १३ गते भित्र यस मन्त्रालयमा लिखित रुपमा निवेदन गर्नुहुन सम्बन्धित सवैलाइ यो सूचना प्रकशित गरिएको छ।