मिति २०७८ मंसिर १७ गते “Orange the world: End Violence against Women now !” भन्ने अन्तर्राष्ट्रिय नारा र घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं । भन्ने राष्ट्रिय नाराका साथ विश्वव्यापि रुपमा मनाईरहेको महिला हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर माननीय युवा तथा खेलकुद मन्त्री श्री महेश्वर जंग गहतराज (अथक) ज्यूको प्रमुख आतिथ्यता र मन्त्रालयका सचिव डा. दामोदर रेग्मीज्यूको अध्यक्षता तथा राष्ट्रिय खेलकुद परिषद्का वोर्ड सदस्य, कर्मचारीहरु, तीन विभागीय टोलीका लैङ्गिक सम्पर्क व्यक्ति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका प्रतिनिधि, राष्ट्रिय महिला आयोगका प्रतिनिधिको सहभागितामा खेलकुदमा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम र खेलकुदमा प्रतिवन्धित औषधी सेवन विरुद्धको सचेतना कार्यक्रम सम्पन्न गरियो । साथै यस कार्यक्रमा मन्त्रालयका सचिव डा.दामोदर रेग्मी र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव डा.दिव्या दवाडीले खेलकुदमा महिला हिंसा सम्बन्धी तथा राष्ट्रिय खेलकुद परिषद्का डा.ज्ञानेन्द्र विक्रम शाहले (Anti-doping in Sports) खेलकुदमा प्रतिबन्धित औषधी सेवन विरुद्धको बारेमा सहजिकरण गर्नु भएको थियो ।