मन्त्रालयकाे कार्यक्षेत्र

युवा तथा खेलकुद मन्त्रालयको कार्य जिम्मेवारी (नेपाल सरकार कार्यविभाजन नियमावली,२०७४)

१ युवा, खेलकुद र स्काउटसम्वन्धी नीति, कानुन, मापदण्ड, र नियमन,

२ राष्ट्रियस्तरका खेलकुद संघसंस्थाको नियमन र समन्वय,

३ राष्ट्रिय, प्रादेशिक र अन्तर्राष्ट्रियस्तरमा खेलकुद विकास र प्रवर्द्धन,

४ राष्ट्रिय, प्रादेशिक र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना र सहभागिता,

५ युवा जागरण तथा विकास,

६ राष्ट्रिय खेलकुद परिषद्,

७ युवा तथा साना व्यवसायी स्वरोजगार कोष,

८ मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थासँग सन्धि, सम्झौता, अभिसन्धि, सम्पर्क र समन्वय,

९ मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन र नियमन ।