मिति २०७९ असार १७ गते काभ्रे स्थित भालेश्वर मा.वि.का विद्यालयका प्र.अ. रामचन्द्र थापाज्यूको अध्यक्षतामा, प्रमुख अतिथि मन्त्रालयका सहसचिव श्री विदुर प्रसाद खनालज्यू, मन्त्रालयका उपसचिव श्री यमेन्द्र उपाध्यायज्यू, भालेश्वर मा.विका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री राजेन्द्र के.सीज्यू, विद्यालयका शिक्षकहरु तथा अन्य पदाधिकारी लगायत मन्त्रालयका शाखा अधिकृत श्री नरेश पुडासैनीज्यू, र युवा विद्यार्थीहरुको सहभागितामा मानवता प्रवर्द्धनका लागि युवा विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा मन्त्रालयका सहसचिव श्री विदुर प्रसाद खनालज्यूले मन्त्रालयको जानकारी सहित मानवता प्रवर्द्धनमा युवाहरुको भूमिकाबारेमा प्रस्तुतिकरण गर्नु भयो भने मन्त्रालयका उपसचिव श्री यमेन्द्र उपाध्ययले मन्त्रालयको विस्तृत जानकारी सहित मानवता प्रवर्द्धनका उद्देश्यमा प्रस्तुतिकरण गर्नु भयो र मानव सेवा आश्रमका श्री सुमिरा मानवबाट मानवतामा नेपाली युवाहरुको भुमिकाको विषयमा प्रस्तुतिकरण गर्नु भयो ।