मिति २०७९ असार १९ गते मन्त्रालयका सचिव डा. दामोदर रेग्मीज्यूको अध्यक्षतामा शिक्षा विकास तथा अनुसन्धान केन्द्रका पदाधिकारीहरु, अध्ययन टोलि, मन्त्रालयका सहसचिवज्यूहरु, मन्त्रालयका कर्मचारीहरु, राष्ट्रिय खेलकुद परिषद्का कर्मचारीहरुको उपस्थितिमा शिक्षा विकास तथा अनुसन्धान केन्द्र (CERID) को अध्ययन टोलीले नेपालका राष्ट्रिय स्तरका खेलाडीहरुको शारीरिक तन्दुरुस्तीको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन प्रस्तुत गर्नु भयो । उक्त प्रतिवेदनमा छलफल पश्चात (CERID) कार्यकारी निर्देशकले श्रीमान् सचिवज्यूलाई प्रतिवेदन हस्तान्तरण गर्नु भयो ।