मिति २०७८ फागुन २६ गते माननीय युवा तथा खेलकुद मन्त्री श्री महेश्वर जंग गहतराज, मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, सहसचिव श्री लक्ष्मी प्रसाद भट्टराई तथा राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी लगायत मन्त्रालयका कर्मचारीहरुबाट कास्की जिल्लाको पोखरामा आयोजना हुन गईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक पूर्वाधारहरुको अनुगमन तथा निरीक्षण कार्य सम्पन्न भयो ।