मिति २०७८ फागुन २३ गते ललितपुर स्थित पाटन माध्यमिक विद्यालयमा विद्यालयको प्र.अ. श्री इश्वरमान बज्राचार्यज्यूको अध्यक्षता, प्रमुख अतिथि मन्त्रालयका सचिव डा. दामोदर रेग्मीज्यू, मन्त्रालयका उपसचिव श्री यमेन्द्र उपाध्यायज्यू, मानव सेवा आश्रमका नविना सिटौलाज्यू र मनोज घिमिरेज्यू र नेपाल स्काउटका सहायक निर्देशक श्री प्रदिप बगालेज्यू, मन्त्रालयका शाखा अधिकृत श्री नरेश पुडासैनीज्यू, मन्त्रालयका कम्प्युटर अपरेटर श्री विनय भण्डारीज्यू, श्री श्रीकृष्ण खकुरेलज्यू र विद्यार्थीहरुको सहभागितामा मानवता प्रवर्द्धनका लागि युवा विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा मन्त्रालयका सचिव डा. दामोदर रेग्मीज्यूले मन्त्रालयको जानकारी सहित मानवता प्रवर्द्धनमा युवाहरुको भूमिकाबारेमा सहजिकरण गर्नु भयो । उपसचिव श्री यमेन्द्र उपाध्ययले मन्त्रालयको विस्तृत जानकारी सहित मानवता प्रवर्द्धनको उद्देश्य तथा अपेक्षित प्रतिफल विषयमा सहजिकरण गर्नु भयो भने नेपाल स्काउटका सहायक निर्देशक श्री प्रदिप बगालेले नेपाल स्काउटको जानकारी सहित स्काउटिङले मानवता प्रवर्द्धनमा नेपाल स्काउट के कसरी अगाडि बढेको छ भन्ने कुरा जानकारी गराउनु भयो ।