मिति २०७८ फागुन २२ गते युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीज्यू, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष श्री समीर जंग शाहज्यू, मन्त्रालयका सहसचिव श्री विदुर प्रसाद खनालज्यू, सहसचिव लक्ष्मी प्रसाद भट्टराईज्यू र नेपाल टेलिभिजनका पदाधिकारी तथा मन्त्रालयका कर्मचारीहरुको उपस्थितिमा युवा सरोकार टेलिभिजन कार्यक्रम प्रत्येक सोमबार विहान ८.२५ बजे प्रसारण हुने गरी निर्माण तथा प्रसारण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सुसम्पन्न गरियो ।