खेल संघ संस्थाहरुको क्षमता अभिवृद्धि सम्बन्धी दोस्रो समूहको २ दिने तालिम अन्तर्गत मिति २०७८ माघ २ गते युवा तथा खेलकुद मन्त्रालयका सहसचिव डा. कमल प्रसाद पोख्रेलज्यूको अध्यक्षता, राष्ट्रिय खेलकुद परिषद, तालिम विभागका निर्देशक अर्जुन बहादुर बि.क.को आतिथ्यता, मन्त्रालयका उपसचिव डा.कृष्णबहादुर घिमिरेज्यूले तालिम कार्यक्रमको उद्देश्य माथि प्रष्ट पार्दै सहभागीहरुलाई स्वागत साथै प्रस्तुती, मन्त्रालयका सहसचिव विष्णुराज ढकालज्यू र मन्त्रालयका शाखा अधिकृत याम नारायण गौलीज्यूको प्रस्तुती त्यसैगरी दोस्रो दिन मिति २०७८ माघ ३ गते मन्त्रालयका उपसचिव डा.कृष्णबहादुर घिमिरेज्यू, त्रिभुवन विश्वविद्यालयका खेल विभाग प्रमुख गंगा बहादुर थापा मगरज्यू र मन्त्रालयका लेखा अधिकृत कृष्ण खनालज्यूको प्रस्तुतीमा तालिम कार्यक्रम सम्पन्न भयो ।