मिति २०७८ पौष २८ गते युवा तथा खेलकुद मन्त्रालयका श्रीमान् सचिव डा. दामोदर रेग्मीज्यूको अध्यक्षता र कार्यपत्र प्रस्तुती, मन्त्रालयका सहसचिवद्वय डा.कमल प्रसाद पोख्रेल तथा विष्णुराज ढकालज्यूको कार्यपत्र तथा प्रस्तुती, मन्त्रालयका शाखा प्रमुख तथा कर्मचारीहरुको सहभागिता, मन्त्रालय मातहत निकायका प्रतिनिधिज्यूहरु, नीति अनुसन्धान प्रतिष्ठानका प्रतिनिधिज्यू लगाएत विभिन्न स्वयंमसेवाका क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिज्यूहरुका बीचमा प्रथम चरणको राष्ट्रिय स्वयंसेवा नीतिको मस्यौदा, २०७८ को छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न भयो ।