युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा मिति २०७८/०८/०७ गते संचालन भएको अन्तराष्ट्रिय पदक बिजेता खेलाडी र राष्ट्रिय टिमका खेलाडी बीचको एक दिने अन्तरक्रिया कार्यक्रम माननीय युवा तथा खेलकुद मन्त्री श्री महेश्वर जंग गहतराजज्यूको प्रमुख आतिथ्यता र युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीज्यूको अध्यक्षता, मन्त्रालयका सहसचिवहरु, मन्त्रालयका कर्मचारी लगायत अन्तराष्ट्रिय पदक प्राप्त खेलाडी र राष्ट्रिय टिमका ४० जना खेलाडी सहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय खेलकुद परिषद्को खेलकुद क्षेत्रमा भएको प्रगति र अनुभव समावेश भएको विभागिय कार्यको प्रस्तुती रहेको थियो । जसमा अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडी र राष्ट्रिय टिमका खेलाडीहरुको आफ्नो खेल जीवनको अनुभव तथा आगामी दिनहरुमा खेलकुदका क्षेत्रमा सुधार गर्नु पर्ने लगायतका विषयमा छलफल भै अन्तरक्रिय कार्यक्रम सम्पन्न भयो ।