मिति २०८२ वैशाख ११ गते युवा तथा खेलकुद मन्त्रालयका मन्त्री माननीय तेजु लाल चौधरीज्यूको अध्यक्षता, मन्त्रालयका सचिव डा. हरि प्रसाद लम्साल, सहसचिव सुवास चन्द्र शिवाकोटी, मन्त्रालयका कर्मचारी, तीन वटै सुरक्षा निकायका विभागीय टिमका खेलकुद हेर्ने प्रमुख तथा प्रतिनिधि, चिकित्सक, राष्ट्रिय खेल संघ/महासंघका पदाधिकारी, राष्ट्रिय एन्टिडोपिङ एजेन्सीका पदाधिकारी तथा पत्रकारहरु लगायतको समुस्पस्थितिमा “खेलकुदमा प्रतिबन्धित औषधी सेवन एवम् विधि विरुद्धको अन्तरक्रिया कार्यक्रम” मन्त्रालयको सभाहलमा सम्पन्न भयो।उक्त कार्यक्रममा South Asia Regional Anti-Doping Organization (SARADO) माल्दिभ्सका Manager Mr. Husain Mohamed ले World Anti-Doping Agency (WADA), Regional Anti-doping Agency र National Anti-doping agency (NADA) सम्बन्धी विषयवस्तुका बारेमा भर्चुअल विधि मार्फत् प्रस्तुतिकरण दिनु भएको थियो भने दक्षिण एशियाली क्षेत्रीय एन्टिडोपिङ संस्था SARADO का बोर्ड सदस्य एवम् चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रजिष्टार डा. ज्ञानेन्द्र विक्रम शाह र राष्ट्रिय एन्टिडोपिङ एजेन्सीका संयोजक डा. असिम भण्डारीले खेलकुदमा प्रतिबन्धित औषधि सेवन एवम् विधि विरुद्धको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति तथा कानून, डोपिङ विधि तथा प्रक्रिया, खेलाडीले प्रयोग गर्न नहुने औषधि लगायतका विषयमा सहजिकरण गर्नु भएको थियो।